हाम्रो बारेमा

प्रदेश नं. ७ (तत्कालिन सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने महाकाली अञ्चल), कञ्चनपुर जिल्लाको सदरमुकामको रुपमा भीमदत्त नगरपालिका राजधानी काठमाडौंबाट ७५० कि.मी. को दुरीमा रहेको छ । तत्कालिन महेन्द्रनगर पञ्चायतको रुपमा वि.सं. २०३४ सालमा भूजेला,सिद्धनाथ र आदर्श गाँउ पञ्चायतका सम्पुर्ण भाग तथा सुडा र ऐरी गाँउ पञ्चायतको आंशिक भू-भाग मिलाई गठन भएको हो । महेन्द्रनगर नामाकरण गर्नुपुर्व यसको बजार क्षेत्रलाई धुसुडी बजार भनिन्थ्यो । वि.सं. २०४७ सालको जनआन्दोलन पश्चात महेन्द्रनगर नगरपञ्चायत बाट नाम परिवर्तन गरी महेन्द्रनगर नगरपालिका बनाइयो र वि.सं. २०६५ साल कार्तिक २० गतेको नेपाल सरकार मन्त्रि परिषदको निर्णयानुसार (शहिद भीमदत्त पन्तको सम्मानस्वरुप उहाँको नाममा) यस नगरपालिकालाई भीमदत्त नगरपालिका नामाकरण गरियो ।
भौगोलिक स्थितीः
प्रदेश नं. ७
जिल्लाः कञ्चनपुर
सिमानाः
पुर्वः वेदकोट नगरपालिका
पश्चिमः महाकाली नदी
उत्तरः डडेल्धुरा जिल्ला
दक्षिणः शुक्लाफाटा राष्ट्रिय निकुञ्ज
अवस्थितीः
२८ डिग्रि १५ मिनेट उत्तर देखी २९ डिग्री ०८ मिनेट अक्षांश
८० डिग्रि ०६ मिनेट देखि ८० डिग्री १५.५ मिनेट पूर्व देशान्तर
समुद्री सतहबाट १०० मी. देखी १००० मी.
कुल क्षेत्रफलः १७१.३४ वर्ग कि.मी. ( तत्कालिन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको वेभसाईटमा राखेको राज्यपुनर्संरचनाको प्रतिवेदन अनुरुप)