भीमदत्त नगरपालिकाको वेभसाईटमा यहाँलाई स्वागत छ।

हाम्रो बारेमा

सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने महाकाली अञ्चल कञ्चनपुर जिल्लाको सदरमुकामको रुपमा भीमदत्त नगरपालिका राजधानी काठमाडौंबाट ७५० कि.मी. को दुरीमा रहेको छ । तत्कालिन महेन्द्रनगर पञ्चायतको रुपमा वि.सं. २०३४ सालमा भूजेला,सिद्धनाथ र आदर्श गाँउ पञ्चायतका सम्पुर्ण भाग तथा सुडा र ऐरी गाँउ पञ्चायतको आंशिक भू-भाग मिलाई गठन भएको हो । महेन्द्रनगर नामाकरण गर्नुपुर्व यसको बजार क्षेत्रलाई धुसुडी बजार भनिन्थ्यो । वि.सं. २०४७ सालको जनआन्दोलन पश्चात महेन्द्रनगर नगरपञ्चायत बाट नाम परिवर्तन गरी महेन्द्रनगर नगरपालिका बनाइयो र वि.सं. २०६५ साल कार्तिक २० गतेको नेपाल सरकार मन्त्रि परिषदको निर्णयानुसार यस नगरपालिकाको नाम भीमदत्त नगरपालिका नामाकरण गरियो ।

भौगोलिक स्थितीःअञ्चलः महाकाली,जिल्लाः कञ्चनपुर,सिमानाःपुर्वः सुडा गा.वि.स पश्चिमः महाकाली नदी उत्तरः डडेल्धुरा जिल्ला दक्षिणः शुक्लाफाटा बन्यजन्तु आरक्ष
अवस्थितीः २८ डिग्रि १५ मिनेट उत्तर देखी २९ डिग्री ०८ मिनेट अक्षांश र ८० डिग्रि ०६ मिनेट देखि ८० डिग्री १५.५ मिनेट पूर्व देशान्तर समुद्री सतहबाट १०० मी. देखी १००० मी. कुल क्षेत्रफलः १९६.५ वर्ग कि.मी.