FAQs Complain Problems

महाकाली अस्पताल, महेन्द्रनगरलाई अक्सिजन खरिदका लागि आदरणीय नगर प्रमुख श्री सुरेन्द्र विस्टज्यु र नगर उपप्रमुख श्री सुशील चन्द सिंहज्युले महाकाली अस्पताल व्यवस्थापन बिकास समितिका अध्यक्ष श्री कृष्णदत्त जोशीज्युलाइ भीमदत्त नगरपालिकाको तर्फबाट रु.२० लाखको चेक हस्तान्तरण गर्नु भएको छ ।

Read More

"समय अबकाे काेराेना महामारी अन्यकाे, सहकार्य तथा सहभागितामुलक कार्य भीमदत्त नगरपालिकाकाे थालनि काेराेना महामारीकाे अन्त्यका लागि" प्रतेक वडामा पुग्दै छाै हामी तसर्थ सम्पुर्ण काेभिड 19 भएका ब्यक्तिका सम्पर्कमा आउनु भएका, यश महामारीकाे कुनै पनि लक्षण भएका वा स्वास्थ्य समस्या भई परिक्षण गराउन इच्छुक ब्यक्तिहरूले आफ्नाे वडामा संचालन हुन गइरहेकाे अभियानबाट सेवा लिई यश महामारीकाे अन्यका लागि सहभागिता जनाइदिन हार्दिक अपिल गर्दछाैं ।

Read More

आदरणीय नगर प्रमुख श्री सुरेन्द्र विस्टज्यु अध्यक्षतामा कोरोना भाइरस (कोभिड-१९) रोकथाम एवं नियन्त्रण सम्बन्धि गठित निर्देशक तथा समन्वय समितिको बैठक सम्पन्न ।

Read More

मिति २०७८/०२/१५ गतेका दिन भीमदत्त नगरपालिकाको मुख्य प्रसाशनिक भवनको आदरणीय नगर प्रमुख सुरेन्द्र विष्ट ज्यु ले गणतन्त्र दिवसको शुभ अवसरमा शिलान्यास गर्नु भएको छ,उक्त भवनको कुल लागत अनुमान- रु ३१,००,९७,६९६.२६ (भ्याट समेत) ठेक्का सम्झौता रकम- रु १६,४९,७६,१६१.८५ (भ्याट समेत) निर्माण व्यवसायीको नाम: अनक- जोशी जे.भी. महेन्द्रनगर, कंचनपुर सम्झौता मिति- २०७८/२/१३कार्य सम्पन्न गर्नुपर्ने मिति- २०८०/०२/११

Read More

नगरपालिकाको संक्षिप्त परिचय

सुदूरपश्चिम प्रदेश (तत्कालिन सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने महाकाली अञ्चल), कञ्चनपुर जिल्लाको सदरमुकामको रुपमा भीमदत्त नगरपालिका राजधानी काठमाडौंबाट ७५० कि.मी. को दुरीमा रहेको छ । कंचनपुर जील्लामा भएका ९ स्थानिय तहमा सात वटा नगरपालिका मध्ये सबैभन्दा जेठो नगरपालिका हो। तत्कालिन महेन्द्रनगर पञ्चायतको रुपमा वि.सं. २०३४ सालमा भूजेला,सिद्धनाथ र आदर्श गाँउ पञ्चायतका सम्पुर्ण भाग तथा सुडा र ऐरी गाँउ पञ्चायतको आंशिक भू-भाग मिलाई गठन भएको हो । महेन्द्रनगर नामाकरण गर्नुपुर्व यसको बजार क्षेत्रलाई धुसुडी बजार भनिन्थ्यो । वि.सं. २०४७ सालको जनआन्दोलन पश्चात महेन्द्रनगर नगरपञ्चायत बाट नाम परिवर्तन गरी महेन्द्रनगर नगरपालिका बनाइयो र वि.सं. २०६५ साल कार्तिक २० गतेको नेपाल सरकार मन्त्रि परिषदको निर्णयानुसार (शहिद भीमदत्त पन्तको सम्मानस्वरुप उहाँको नाममा) यस नगरपालिकालाई भीमदत्त नगरपालिका नामाकरण गरियो ।

सूचना

पदाधिकारी

श्री सुरेन्द्र बिष्ट
नगर प्रमुख
bistsurendra21@gmail.com
9858750213
श्री सुशिला चन्द सिंह
उप– प्रमुख
chand.sushilasingh@gmail.com
9868714065
पुष्कर प्रसाद भट्ट
प्रमुख प्रशासकीय अधिकृत
Phone:
9858725111